तेरिया मगरको डेब्यू फिल्म ‘मीतज्यू’ को छायांकन माघदेखि
काठमाडाैं | पुस ६, २०८२
काठमाडौं: ‘घरज्वाइँ’ फेम्ड निर्देशक अनिल बुढामगरको दोस्रो कथानक फिल्म ‘मीतज्यू’ को निर्माण सुरु भएको छ । शनिबारदेखि फिल्मको अभिनय कार्यशाला सुरु भएको छ ।
कार्यशालामा डान्सर तेरिया मगर, पुष्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने सहभागी रहेको जनाइएको छ ।
भारतीय टिभी रियालिटी शो ‘डान्स इण्डिया डान्स लिल मास्टर्स’ को सिजन ३ र ‘झलक दिखलाजा’ सिजन ९ की विजेता डान्सर मगरले नेपाली फिल्मको यो प्रोजेक्टबाट डेब्यू गर्न लागेकी हुन् ।
अभिनय कार्यशाला केही दिन चल्ने जनाइएको छ । निर्माता जनक घर्तीमगरले कलाकारलाई वर्कसपमार्फत आफ्नो भूमिकबारे जानकारी गराउन खोजिएको बताए ।
यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, शिशिर वाङ्देल, अरुण पुनमगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहना रानामगर, अनुशा राई, खड्कबहादुर पुन मगरको पनि अभिनय हुनेछ ।
रोल्पाका विभिन्न स्थानमा खिचिने फिल्मको प्रदर्शन १५ जेठलाई तोकिएको छ ।
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...
पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखर...
लेखनाथ: एनआइएमबी बैंकले पोखरा महानगरपालिका २६ स्थित सिर्जना बहिरा आवासिय माध्यामिक विद्यालयका १ सय ८१ बालबालिकालाई आईतबार पोशाक वितरण गरेको छ । संस्थागत सामाजि...

